२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफूले पढाएका विद्यार्थीलाई कार्यकारी पदमा देख्दा भावूक बनिन् शिक्षिका

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीले आफूलाई १२ कक्षासम्म पढाउनुभएकी शिक्षिकाको नागरिकता बनाउनुभएको छ । उहाँ हो उक्त कार्यालयमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुर्यबहादुर थापा।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको आर्दश माध्यमिक विद्यालयमा सुर्यबहादुरले अध्ययन गर्नुभएको थियो । उक्त विद्यालयमा सुर्यबहादुर अध्ययन गर्दा शिक्षिका कल्पना बोहोरा कार्कीले पढाउनुभएको थियो ।

आफूले पढाएको विद्यार्थीलाई कार्यकारी पदमा देखेपछि शिक्षिका कल्पना भावुक बन्नुभयो । कल्पना आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेत जानुभएका बेला पूर्वविद्यार्थी सुर्यबहादुरलाई प्रशासकीय अधिकृतको रुपमा देख्नुभयो ।

भावुक हुँदै कल्पनाले भन्नुभयो, ‘आज मेरो नागरिकताको प्रतिलिपी बनाउनुपर्ने थियो। प्रशासन कार्यालय पुगेपछि मैले नै कक्षा १२ सम्म पढाएको आफ्नो विद्यार्थी प्रशासकीय अधिकृतको भएको देखे । सानो उमेरमा ठूलो प्रगति गरेको देख्दा एकदम खुशी लाग्यो। मेरो नागरिकताको प्रतिलिपीमा मेरै विद्यार्थीको हस्ताक्षर हुने भयो। हामी शिक्षकहरुका लागि यो भन्दा ठूलो खुशी र गर्वको कुरा अरु केहि पनि हुने रहेनछ।’ उहाँले खुशीका आँशु नै खसाल्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस