२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्रहत्या गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाउनुभएको छ । मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताउनुभएको छ ।

मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने बताउनुभयो । दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस