२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुस्तकालय खोल्दै अभिनेत्री करिश्मा मानन्धर, मागिन् सहयोग

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने तयारी गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने जानकारी दिएकी हुन् । पुस्तकालयमा अहिलेसम्म आफ्नो घरमा संकलित पुस्तक राख्ने जानकारी दिँदै उनले थप पुस्तकका लागि सहयोगको अपिल गरेकी छन् ।

‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरीबाट सुरु गरौँ कि’, उनले भनेकी छन्, ‘केही किताब छन् घरमा जुन विनोदजी (श्रीमान्) र मैले पढ्ने क्रममा बटुलेका थियौँ, हजुरहरूसँग केही राम्रा किताबहरू छन् भने उपहारस्वरूप दिनुहोस्।’

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस