२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी प्रकरण : संसदीय समितिमा कांग्रेस सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एयरपोर्टबाट सुन बरामद प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थमन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो । मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै शर्माले प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

बैठकमा कांग्रेसकै अर्का सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताउनुभयो । नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानबिन गर्नुपर्ने खतिवडाको भनाइ थियो ।

 

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस