२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लेउ : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट बस्नेतविरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको विषयमा बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्ति विरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको महासंघको ठहर छ ।

जनता टाइम्स डटकमका प्रधान सम्पादक समेत रहनुभएका बस्नेत विरुद्धको उजुरी तत्काल फिर्ता लिन महासंघले माग गरेको छ । महासंघ अध्यक्ष बस्नेत विरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासनसँग समक्ष जोडदार माग गर्दछ, साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गर्दछ, विज्ञप्तिमा लेखिएको छ । अध्यक्ष बस्नेत विरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी काण्डबारे गलत अफवाह फैलाएको आरोप लगाउँदै उजुरी दर्ता गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस