२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले पुष्पलालको ४५औँ स्मृति दिवस रामेछापमा मनाउने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीले यस वर्ष ४५ औँ पुष्पलालको स्मृति दिवस रामेछापमा मनाउने भएको छ । एमाले केन्द्रीय कमिटी र जिल्ला कमिटीको आयोजनामा पुष्पलालको जन्मस्थल रामेछापमा स्मृति दिवस कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार एमालेले पुष्पलालको जन्मथलो भँगेरी र काठमाडौँको भृकुटी मण्डपमा स्मृति दिवस मनाउन लागेको हो ।

भँगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको काम पनि भइरहेको छ । पार्कमा सभाहल लगायतका केही संरचना तयार भएपनि पुष्पलाललगात कम्युनिष्ट पार्टीका संस्थापकहरूको प्रतिमा राख्ने, पार्क निर्माण गर्ने काम बाँकी छन् ।

स्मृति दिवसको वृहत् कार्यक्रम भने दिउँसो सदरमुकाम मन्थलीस्थित तीन लाल पार्कमा हुने भएको छ । तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा। कृष्णलाल अधिकारी, सहिद गंगालाल र कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमामा माल्यार्पण गरेपछि औपचारिक कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस