२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललिता निवास जग्गा प्रकरणका आरोपीको निवेदनमा आज सर्वोच्चले फैसला सुनाउने

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो । यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस