काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको युवा संघको भनाइ छ ।
मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् । साथै गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध चर्का नारा लगाएका छन् ।