२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भ्रामक समाचार छापेर प्रतिष्ठा विगारेकोमा पत्रकार तेजपाललाई दुई करोड क्षतिपूर्ति भराउन आदेश

नयाँदिल्ली । दिल्ली उच्च अदालतले तहल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तहल्का डटकमलाई दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको छ । न्यायाधीश नीना वंशल कृष्णाको इजलाशले सेवा निवृत्त सैनिक अधिकृत एमएस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश दिएको हो ।

सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तहल्का डटकमले गोप्य कारबाही (स्टिङ अप्रेशन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो । तहल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो ।

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तहल्काका दुईजना पत्रकारले स्टिङ अप्रेशन गरेका थिए । उनले एक शिशी ब्ल्यू लेबल ह्विस्की र दश लाख घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो । उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो । छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्रहत्या र सार्वजनिक प्रतिष्ठामा ठूलो आघात पुगेकाले त्यो आघात नमेटिने भएकाले रकम क्षतिपूर्ति भर्न आदेश दिएका हुन् ।

 

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस