२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ग्लोबल टी २० : सन्दीपको बलमा दिपेन्द्र आउट, दुवैको सन्तोषजनक प्रदर्शन

काठमाडौं । ग्लोबल टी २० क्यानाडामा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आज राति आमनेसामने भए । दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सले सन्दीपको सर्रे जगुअर्सलाई ५ विकेटले पराजित गर्‍यो। आ(आफ्नो टिमका लागि दुवैले राम्रो प्रदर्शन गरेका छन् ।

टस जितेर मन्ट्रियलले पहिलो फिल्डिङको निर्णय लिएको थियो । मन्ट्रियलका बलरहरूको कसिलो बलिङमा सर्रेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो । दीपेन्द्रलाई मन्ट्रियलले बलिङमा प्रयोग गरेन ।

१३७ रनको विजय लक्ष्य पछ्याउने क्रममा मोन्ट्रियल केही धर्मराएको थियो । सर्रेका लागि बलिङमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभर बलिङ गर्दा १७ रनमात्र खर्चेर दुई विकेट लिएका थिए ।

सातौं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो बलमै सकिब अल हसनलाई क्याच आउट गराए । मन्ट्रियलले ९.३ ओभरमा ६९ रनको स्थितिमा ३ विकेट गुमाएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । उनले धैर्यतापूपर्वक ब्याटिङ गर्दै टिमलाई जित नजिक पुर्‍याए । तर दीपेन्द्रलाई १६.३ ओभरमा सन्दीपले एलबिडब्लु धरापमा पारे । दीपेन्द्रले आउट हुनुअघि २२ बलमा २ चौकासहित २८ रन बनाएका थिए । मन्ट्रियलले १८.३ ओभरमा लक्ष्य भेट्यो ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस