२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीसँग २२ देशका विशिष्ट राजनीतिज्ञको भेटवार्ता : अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्बोडियामा शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । सम्वोधनमा इतिहासको कालखण्डमा नेपाल विश्व शान्तिको नायक भएकाले अहिलेपनि सहजिकरणको नेतृत्व लिन तयार रहेको धारणा राख्नुभएको थियो ।

हिजो अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो ।

ओलीसँगै विभिन्न देशका २२ वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । सो अवसरमा अध्यक्ष ओलीले विभिन्न राष्ट्रका विशिष्ट राजनीतिज्ञसँग पनि भेटवार्ता गर्नुभएको छ ।

निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुग्नुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि अध्यक्ष ओलीले शिष्टाचार भेटघाट गर्नुभएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी यही साउन २ गते कम्बोडिया प्रस्थान गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस