२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आचार्य समाजले दिदी–बहिनी–भाउजु-बुहारी विभाग गठन गरेर कुलसँगै कुटुम्बलाई समेट्ने

काठमाडौं । आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । समाजले यही १३ गते शनिबार दिनको १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित कौडिन्य गोत्रीय आचार्य बन्धु समाजको केन्द्रीय कार्यालयमा बसेको बैठकले कुलसँगै कुटुम्बहरुपनि समेट्ने निर्णय गरेको हो । यसका लागि दिदी–बहिनी, भाउजु–बुहारी विभाग नै गठन गर्न भेला तोकिएको छ ।

यसै बर्ष असोज १ गर्ते पर्ने तीजमा दर खाने कार्यक्रम भब्य रुपमा मनाउने निर्णय गरिसकेकाले समाजले दिदी–बहिनी, भाउजुू–बुहारी विभागलाई जिम्मा दिँदा सहज होस् भनेर उक्त विभाग गठन गर्न लागेको हो । समाजले यसअघि नै भवन निर्माण विभाग, प्रेस तथा सञ्चार विभाग, विदेश विभाग, कर्मचारी विभाग, समाज कल्याण विभाग, आर्थिक विभाग, आईटी विभागलगायतका विभाग गठन गरिसकेको छ भने यसै साउनको १३ गते दिदी–बहिनी, भाउजु–बुहारी विभाग गठन गर्न लागेको छ ।

समाजका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकमा महासचिव शुभनराज आचार्यलगायतका कार्यसमितिका बन्धुहरु तथा आमन्त्रीत बन्धुहरुको उपस्थिति रहेको थियो । आचार्य समाजमा सदस्यता बृद्धि गर्ने, समाजहरु एकीकृत तथा मर्ज गराउँदै जाने, देशभर प्रदेश–जिल्ला समितिहरु गठन गर्दै जाने लगायतका निर्णयहरु समाजले यसअघि नै गरिसकेको छ । समाजका (महिला) दिदीबहिनी–भाउजुबुहारी विभागमा बसेर स्यंसेवी कार्य गर्न उर्मिला पौडेल आचार्य (९८४१५५२६३६) लाई सम्पर्क गर्न समाजले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस