२०८१ साउन ३ गते बिहिवार | 2024 July 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उहाँले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताउनुभयो ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेको बताउँदै उहाँले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताउनुभयो । कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उहाँले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस