२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल-भारत सीमाका सय र पाँच सय लाइनका ५ वटा सीमा स्तम्भ के गरिएको-?

बनियानी (झापा) । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ ।

निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०–१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको तर अझै भेटिएको छैन ।

यसैगरी भर्खरै आएको बाढीले कपिलवस्तु जिल्लामा नेपाल–भारत सीमानाका चारवटा सीमा स्तम्भ भत्किएका छन् । विजयनगर गाउँपालिका–५ चिराइ खोलाको बाढीले नेपालको ठकुरापुर र भारतको बलरामपुर छुट्याउने पिलरमा क्षति पुगेको हो । बाढीले ५७७–७, ५७७–९, ५७८–७ र ५७८–१० नम्बरका चारवटा स्तम्भमा क्षति पुगेको विजयनगर–७ का वडा अध्यक्ष दिनेश चौधरीले बताउनुभयो । यो बाढीले मात्र नभई कमजोर निर्माण भएकाले सीमास्तम्भ भत्किएको स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस