२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

तिनाउ नदीले लियो उग्र रुप, मौसम विभागले जरी गर्यो आकस्मिक सूचना

बुटवल। लुम्बिनी प्रदेशका रुपन्देहीसहित विभिन्न जिल्लामा गएरातिदेखि भारी वर्षा भइरहेको छ। रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ। वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ७ः१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ।

तिनाउ नदी बाढी मापन केन्द्र बुटवलले जलसतह खतराको तह भन्दा निकै माथि पुगेको र बढ्दो क्रममा रहेको बताएको छ। बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस