२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कानूनमन्त्रीले भने, प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु, सरकारले सबै नेताको सम्पत्ति छानबिन गर्छ

काठमाडौं । कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले सरकारले सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने बताउनुभएको छ । बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारको फाइल खोल्दै जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्को गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’

उहाँले आफू हिजोकै ठाउँमा भएको उल्लेख गर्दै मन्त्री छाड्न परे तयार भएको तर विचार, सिद्धान्त नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सुशासन स्थापना गराउँने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरेर अघि बढ्नुपर्छ । त्यसलाई स्थापित गरेर अघि बढ्नुपर्छ ।

त्यसो गर्न नसके हामी पनि उही ड्याङको भइहाल्छौं । घनराज गुरुङ र शेखर कोइराला फरक कांग्रेस हो भने पनि पहिला हाम्रो सम्पत्ति छानबिन गरेर देखाउ सरकार भनेर भन्न सक्नुपर्छ। छानबिन समिति गठन गर्नुपर्छ । म आफैं सरकारमा छु नीति तथा कार्यक्रममा लेखिसकेपछि हामीले भन्नै पर्छ अब सरकारले ढिलोचाँडो उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि आयोग गठन गरेरै छाडिन्छ ।’

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस