२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्रीलाई ओलीको प्रश्न: सुन तस्करीमा सानोतिनो संलग्नता छँदैछैन, तपाईकै संलग्नता छ कि छैन ?

KP Oli Narayankaji

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ । सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उहाँले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गर्नुभयो ।

कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किनुभएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, ‘गृहमन्त्रीले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ?’

गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । कम्बोडिया भ्रमणबाट फर्किएपछि ओलीले गृहमन्त्री श्रेष्ठको अभिव्यक्ति ‘अनैतिक’ र ‘गैरजिम्मेवार’ भएको समेत बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छ मुखैको छेउँमा । यो अत्यन्तै अनैतिक कृयाकलाप हो । गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार । आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि त्यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?’

उहाँले जथाभावी नबोल्न गृहमन्त्री श्रेष्ठलाई सचेत गराउनुभयो । उहाँले थप भन्नुभयो, ‘यत्तिकै कोटका गालामा काँक्राको बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो त तर यो त बत्तमिजीको मात्र होइन, गैरजिम्मेवारको हद भयो ।’

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस