२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पत्रकार कुटेको आरोप लागेका जिल्ला संयोजकलाई रास्वपाले गर्‍यो निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ जिल्लाका पार्टी संयोजक नगेन्द्र खड्कालाई पदबाट निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा. मुकुल ढकालले निलम्बन गर्नुभएको हो ।

खड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगि कुटपिट गरेको आरोप लगाइएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो । खड्का दोषी देखिएपछि आजै बसेको अनुशासन समितिको बैठकले पार्टीलाई निलम्बन सिफारिस गरेको हो । महामन्त्री ढकालले घटनाको थप छानबिन गरिने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस