२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।

सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार बिहान फेला पर्नुभएको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन भइरहेको गोरखापत्रलाई जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस