२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी सरकार गठनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।

मङ्गलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । मङ्गलबार मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस