२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झनै ह्वत्तै बढ्यो आज सुनको मूल्य

today gold price in nepal

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज झनै सुनको मूल्यमा वृद्धि भएको जनाएको छ । आजको बजार भाउ तय गर्दै महासङ्घले हिजो मंगलबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो । हिजोपनि अस्तिको तुलनामा २०० रुपैयाँ बृछि भएको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

आज सुनको मूल्य बढेसँगै चाँदीको मूल्यपनि बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस