२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीका सभामुखको स्वीकारोक्ति, मेरो गल्ती सर्वोच्चले सच्यायो, अब सरकार गठनमा मेरो भूमिका हुँदैन

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताउनुभएको छ । साथै अब सरकार गठनको प्रक्रियामा आफू संलग्न नहुने प्रतिक्रिया दिनुभएको छ । उहाँले आफ्नो गल्ती सार्वोच्चले सच्याएको बताउनुभएको हो ।

सर्वोच्च अदालतले आज कोशीमा उद्धव थापाको सरकार विघटन गरिदिएपछि सभामुखले सो प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्चले दिएको आदेश सबैले सम्मान गर्नुपर्छ । म पनि सम्मान गरेर अगाडि बढ्छु ।’

सर्वोच्चको फैसलापछि नैतिकरुपमा राजीनामा दिनुहुन्छ कि भन्ने प्रश्नमा उहाँले त्यस्तो आवश्यकता नरहेको बताउनुभयो । ‘न निवेदकले माग गरेको छ, न सर्वोच्चले भनेको छ । त्यो विषयमा बोल्नुपर्ने केही देखिएन,’ उहाँले भन्नुभयो । अब सरकार गठनको कुरा दलहरुको मात्रै विषय भएको सभामुख गौतमको भनाइ छ ।

‘अब कुन दलले बहुमत पुर्याउँछ त्यसैले सरकार बनाउँछ । सभामुखको भूमिका नरहने कुरा सर्वोच्चले प्रष्ट गरिसक्यो । दलहरुले पुर्याएर लैजालान् भन्ने आशा गर्ने हो । अब कसले सरकार बनाउने मेरो विषय नै भएन ।’ आफूले वाध्यता र परिस्थितिका कारण सरकार गठन प्रक्रियामा संलग्न हुनु परेको भन्दै कुनै पश्चाताप नरहेको पनि बताउनुभयो ।

 

 

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस