२०८१ असार ९ गते शनिवार | 2024 June 22nd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

फिदिम । मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका २ साम दिनमा मङ्गलवार भएको ट्याक्सी दुर्घटनामा निधन यात्रुको सङ्ख्या तीन पुगेको छ ।

पछिल्लो पटक ताप्लेजुङ मिक्वाखोला ५ पापुङकी इसेटिमा सेर्पाको निधन भएसँगै यो सङ्ख्या बढेको हो । झापा स्थित बि एण्ड सी अस्पतालको आइसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलनजङग थापाले बताउनु भयो ।

उक्त दुर्घटनामा परेका फिदिम नगरपालिका १० की ४० वर्षीय सबिना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला १ ढुङगेसाँगुका ४५ वर्षीय जितेन्द्रमणी विक्रम वनेमको निधन भएको थियो ।

झापादेखि फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्ड अन्तरगत फिदिम २ साम दिनमा दुर्घटना सबिना र जितेन्द्र सँगै १५ जना घाइते भएका थिए । घाइते भएका काठमाडौँ बल्खु घर भएकी मिना लिम्बूको अवस्था गम्भीर छ । उनको वि एण्ड सी टिचिङ अस्पताल बिर्तामोड, ५ जनाको बिर्ता सिट अस्पताल र ८ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस