२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानोनिङ गर्दा लडेर एक युवतीको मृत्यु

कास्की । क्यानोनिङ गर्ने क्रममा लडेर कास्कीमा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को घलेलस्थित क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा लडेर पोखरा २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार बुधबार दिउँसो ४ बजेतिर क्यानोनिङ गर्दा अचानक लडेर भण्डारी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस