२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘प्रचण्ड’ले एमालेको रकम खाए पिए तर, हिसाब-किताब बुझाएनन् : ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणको बेलाको हिसाब–किताब अझै नबुझाएको आरोप लगाउनुभएको छ । भक्तपुरमा आयाजित जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा बोल्दै ओलीले प्रचण्डले एमालेको रकममा मस्ती गरेर हिसाब नबुझाएको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘उनले पार्टीमा आफ्नो हिसाब किताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिल गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् केही पनि गरेनन् त्यो आफ्नै बनाएर राखे किन कि उसलाई पार्टी कब्जा र उद्देश्यबाट समाप्त पार्न सकिएन भने अलग हुनुपर्छ भन्ने पहिले नै थियो ।’

त्यस्तै उहाँले माओवादीसँग एकता भनिएपनि एकता हुँदै भएको तर्क गर्नुभयो । ‘माओवादीसँग पार्टी एकता भनिए पनि एकता हुँदै भएन् । तेल एकातिर पानी एकातिर मिक्सअप नै हुन सकेन । कहिले पनि हामीले छुट्टै बैठक गरेनौ । तर प्रचण्डले आफ्नो पार्टी जीवित नै राखे पार्टीको बैठक अलग नै राखे ।’

 

 

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस