२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रियाशा दाहालले, समयमा घर आउँछन् : मेरा त बुढाले रक्सी खाँदैनन् भनेको चर्चामा

काठमाडौं । प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा दाहालले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी थिइन् । ३९ लाख फलोअर भएको चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक पौडेल र मोडेल दाहालको दैनिकी अहिले निक्कै रमाइलो देखिन्छ ।

उनीहरुले आफ्ना दैनिकीलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्छन् । रियाशाका अत्याधिक फलोअर्स छन् । उनका पोष्टहरु धेरैले मन पराउँछन् । हालै उनले एक भिडियो टिकटकमा अपलोड गरेकी छिन् । समयमा घर आउँछन् मेरा त बुढाले रक्सी खाँदैनन् भन्ने बोलको गीतमा उनले लिप्सिङ र हाउभाउ दिएकी छिन् । यो भिडियो निक्कै चर्चित बनेको छ ।

दाहाल र पौडेल लामो समयदेखि प्रेममा रहेका थिए । रुटिन अफ नेपाल बन्दले देशमा घटेका घटनाक्रमहरुको संक्षिप्त जानकारी पस्किने गरेको छ । रियासा युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा चिनिन्छन् । उनले गीत तथा सिरियलहरुमा अभिनय गरेकी छिन् । रियासा ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलबाट चर्चामा आएकी हुन् । कलेज नेपाल युट्युब च्यानलपछि उनले एकपछि अर्को सफलता पाउँदैआएकी छन् । तस्वीरः रियाशा दाहालको टिकटटकबाट साभार

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस