२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

‘ब्रेक शु’ भित्र आउने सुन अर्कै स्वरुपका बनाउँन काठमाडौंमा फ्याक्ट्री नै खोलिएको भेटियो

gold factory

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले ‘ब्रेक शु’ भित्र आउने सुन अर्कै स्वरुपका बनाउँन काठमाडौंमा फ्याक्ट्री नै खोलिएको भेट्टाएको छ । शनिबार राति काठमाडौंको टोखामा त्यस्तो फ्याक्ट्री भेटिएको हो ।

विभागका एक उच्च अधिकारीका अनुसार, प्रि–फ्याबको घरभित्र सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको छ । त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भन्नुभयो ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस