२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हुम्लामा बाढीले दुई गाउँमा ब्यापक क्षति: सडक-सञ्चार सबै विच्छेदले यकिन विवरण आउन मुस्किल

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोले दुई गाउँमा ब्यापक क्षति पुर्‍याएको छ । सर्केगाड गाउँपालिकाको वडा नम्बर २ का रिप र वडा नम्बर ८ सर्केदेउ गाउँमा पहिरो जाँदा ब्यापक क्षति पुगेको खबर आएको हुम्ला जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत संरचनामा क्षति पुगेको तर, मानवीय क्षतिको भने खबर नआएको प्रहरीले जनाएको छ । रिप गाउँमा दुई वटा खोलाको बाढी गाउाँमा पसेपछि २५ जनालाई सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ । जलविद्युत आयोजना बगाउँदा संचार सम्पर्क पनि टुटेको छ भने पहिरोले बाटो बगाउँदा प्रभावित स्थानमा पुग्न मुश्किल भएको छ ।

गत शुक्रबार नै बाढीले गाउँहरु खतरामा परेको सूचना आएपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली त्यसतर्फ गएको भए पछि बाटो बगाएका कारण सुरक्षाकर्मीहरु घटनास्थल पुग्न सकेका छैनन् ।

 

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस