२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन काण्डमा अब गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्छ : नेता पौडेल

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताउनुभएको छ । आज बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस