२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देश बदल्न सांसदहरूको सङ्ख्या घटाउनु पर्छ, ब्युरोक्रेसीको खर्च घटाउनुपर्छ

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्नेमा जोड दिनुभयो ।

हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उहाँले सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उल्लेख गर्नुभयो । घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उहाँले बताउनुभयो । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उहाँको भनाई छ ।

पुँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उहाँले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताउनुभयो । विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उहाँले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको उल्लेख गर्नुभयो ।

यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा उहाँको जोड थियो । पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभ अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस