२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

होटलमा बेहोस् भेटिएका धनगढीका युवकको मृत्यु, उनीसँगै बसेकी युवती पक्राउ

धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा होटलमा बेहोस् अवस्थामा भेटिएका धनगढीका एक युवकको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटलमा बेहोस् भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी (भगवती टोल) बस्ने ३७ वर्षीय विष्णु पनेरुको शनिबार मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको पुष्टि गर्नुभयो । उनको मृत्यु भएपछि पनेरु बेहोस् भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस