२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

र्‍याप गाएर नेताहरूलाई ब्यंग्य गर्ने बालेन शाह राजनीतिमा आएपछि बिग्रिए : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छन् भनेर भन्न नमिल्ने बताउनुभएको छ । उहाँले बरू केही व्यक्तिहरू राजनीतिमा आएर नेता भएपछि बिग्रिएको टिप्पणी गर्नुभयो ।

ुखीर खाने दिनको रुपमा मनाइने साउन १५ को सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यस क्रममा अध्यक्ष ओलीले र्‍याप गाएर नेताहरूलाई ब्यंग्य गर्ने बालेन शाह राजनीतिमा आएपछि बिग्रिएको भन्दै कटाक्ष गर्नुभयो ।

‘सबै नेता बिग्रिए भन्न मिल्दैन । राजनीतिमा लागेका सबै नेता बिग्रिएका पनि छैनन्,’ ओलीले अघि भन्नुभयो, ‘किनभने एक जना नेता, नेता हुनुभन्दा अघि र्‍याप गाउँथे, र्‍याप पनि कस्तो भने नेताजति सबै चोर हुन् भनेर गाउँथे । तर पछि नेता भएपछि त्यो र्‍याप नमिलेको जस्तो लाग्ने ।’

उहाँले राजनीति भ्रष्ट, छुल्याह नीति नभएको बताउनुभयो । अध्यक्ष ओलीले राजनीतिमा लागेर कोही अपवित्र व्यक्ति पवित्र हुने र बेठीक कुरा ठीक हुने भन्ने नरहेको बताउनुभयो । राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्न नहुने उहाँको भनाइ छ । ‘सबै मुहान फोहोर छैनन्, कतिपय नेता बिग्रिए भने बिग्रिए भन्नुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘तर बिग्रिएकाले मजस्तै सबै बिग्रिए भन्न सुहाउँदैन ।’

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस