२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कालोमोसो दलेको भन्दै नेविसंघले निलम्बन गर्‍यो मोरङ अध्यक्ष

 

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ । छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

 

कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य–मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाको विज्ञप्तिमा भनिएको छ । नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेको भिडियो बाहिरिएको थियो । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले कालोमोसो दल्ने लगायतका कार्यगर्नेलाई पार्टीबाट निश्कासन गर्ने निर्णय लिएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस