२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डविरुद्ध वर्षमानले चाले कदम, एमालेसँग सत्ता गठबन्धनको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र देखिएको एक संकेतले सत्तागठबन्धन नै बदलिने देखिएको छ । केन्द्रीय कमिटीको बैठक सुरू हुनु अगावै माओवादीमा सत्ता संघर्षको संकेत आएको हो । माओवादीले पनि नेपाली कांग्रेसको जस्तै बैठक प्रत्यक्ष–प्रसारण गर्ने भएको छ । तर, बैठकको मुखमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही नेताहरुले चूनौति दिनेगरि रणनीति बनाइसकेका छन् ।

खासगरी अध्यक्ष प्रचण्डले पार्टीमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भित्र्याउने तयारी गरेपछि बिच्किएका उपमहासचिवहरु जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डलाई चूनौति पेस गर्ने तयारी गरेको स्रोतले खुलायो । पछिल्लो समय उपमहासचिवत्रय मिडियामा नेतृत्वविरुद्ध एक ढिक्क भएर प्रस्तुत भएको प्रचण्डको सचिवालयको निश्कर्ष छ ।

प्रचण्डले रैथाने माओवादीले भन्दापनि आफूलाई साथ छोडेका र अहिले फेरि जोडिन लागेका माओवादीहरुले नै बचाउ गरेको भन्ने अभिव्यक्ति दिएपछि शर्मा, पुन र बस्नेत नेतृत्वविरुद्ध एक ढिक्का भएको देखिन्छ ।

अहिले कोशी प्रदेशमा सरकार गठनको सकस देखिएको छ । सत्ता गठबन्धन र नेकपा (एमाले) दुवैले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि दौडधुप गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा गराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि पहल लिएको देखिएपछि माओवादीका नेताहरु विच्किएका छन् ।

सभामुखले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएर बरु एमालेसँग सरकार बनाउँने कोर्षमा नेताहरु लागि सकेका छन् । गौतमले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभयो । दाहालको प्रस्तावलाई ठाडै नो भन्नुको कारण उपमहासचिव वर्षमानको रणनीति बुझिएको छ। वर्षमानले कोशीमा वामपन्थीहरुको नेतृत्वमा सरकार बनाउनुपर्ने मत राख्नुभएको छ ।

उहाँले आजै एमालेबाट मुख्यमन्त्री भैसकेका हिक्मत कार्कीलाई भेट्नुभएको छ । पुनले एमालेकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने राय राखेको कुरा मिडियामा आएको छ। पुनले नेतृत्वको तयारी एकातिर भैरहेको बेलामा त्यसलाई चूनौति दिनेगरि अर्को मुभ गर्नुले पनि माओवादीभित्र नेतृत्वविरुद्ध निर्णायक विद्रोह हुन लागेको संकेत गर्दछ । पुनले केन्द्रीय सरकार समेत बामपन्थीको हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ । उहाँकै प्रयास र जोडबलमा एमाले–माओवादीको सरकार बनेको थियो । तर प्रचण्डले कांग्रेससँग मिसाउनुभयो । यसमा पुन असन्तुष्ट हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस