२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी प्रकरणः संसदीय छानबिन समिति बनाउन प्रचण्ड तयार भएनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउन नसकिने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा अहिले राजश्व अनुसन्धान विभाग र प्रहरीले छानबिन गरिरहेको भन्दै संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाउँदा अनुसन्धानमा असर पर्ने बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अहिले संसदीय छानबिन समिति बनाउन नसकिने बताएको स्रोतको दाबी छ । संसदीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्ने भएपछि आजको प्रतिनिधि सभा बैठक नबसी स्थगित भएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस