२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

संसद अवरोधप्रति रास्वपाको असन्तुष्टि

काठमाडौं । लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्तुष्टि जनाएको छ । सभामुख देवराज घिमिरिले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठक चल्न नसक्दा जनताका मुद्दाहरु उठाउन नपाएको भनी ध्यानाकर्षण गराउनुभयो ।

एमालेले एक क्वीन्टल सुन बरामद प्रकरणमा छुट्टै छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको छ । सत्तापक्ष छानबिन समिति गठन गर्न तयार नहुने र प्रमुख प्रतिपक्ष छानबिन समिति गठन नभए संसद चल्न नदिने अडान छ । ‘मन्त्रीको जवाफ सुन्ने होला । जवाफमा चित्त नबुझे त्यसपछि अगाडि बढ्ने प्रक्रिया होला’ ठूला दलहरु प्रक्रियामा सहभागी हुन तयार नहुँदा समस्या भएको भन्दै प्रमुख सचेतक परियारले भन्नुभयो, ‘पुराना पार्टीहरुको अर्कमण्यताका कारण संसद चल्न सकेन ।’

रास्वपाकै अर्का सांसद मनिष झा संसद अवरोध गर्ने र बाहिर ‘लोकतन्त्र कमजोर भयो’ भन्ने प्रवृत्ति देखिन थालेको बताउनुहुन्छ । ‘सदन अवरुद्ध गर्ने कुरा स्कुलमा ताला लगाएर मेरो समाज शिक्षित भएन भनेर बाहिर विरोध गर्नु जस्तै हो’, सांसद झा को प्रश्न छ, ‘भित्र संसद अवरोध गर्ने बाहिर आएर लोकतन्त्र कमजोर भयो भन्ने ?’ झाले संसद अवरुद्ध हुनुमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दुबै जिम्मेवार भएको बताउनुभयो । एमालेलेपनि मेरो गोरुको बाह्रै टक्का गर्नु हुन्न । सत्ता पक्षलेपनि प्रतिपक्षले उठाएका मागको सम्वोधन गर्नुपर्छ ।

 

 

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस