२०८१ असार ६ गते बुधवार | 2024 June 19th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरहामा एक युवकको शव विभत्स अवस्थामा फेला, रगतको आहाल थियो

जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।

युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा रगतको आहाल थियो । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिनुभयो । आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस