२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो, अर्को बैठक साउन १८ गते

 

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।मंगलबार अपराह्न ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षबिहीन बनेको हो ।

नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डामा बसेको बैठकमा भावी प्रधानन्यायाधीशको नामसमेत बैठकमा प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१८ गते ५ बजे अर्को बैठक बस्नेगरी आज हामी उठ्यौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायत रिक्त संवैधानिक पदको बारेमा छलफल गर्नेगरी बैठक स्थगित भयो । नाममा प्रवेश नै भएन ।’

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उहाँको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

 

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस