२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसद तोसिमा कार्कीका लागि कर्मचारीको आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गर्नुभएको थियो । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उहाँले ५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको थियो ।

कानून वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानूनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी माग्नुभएको थियो । आवेदन कर्ताको लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा लिएर छनौट गरिने कार्कीले जनाउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस