२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीमा मिल्यो भागवण्डा, सभामुख छाडेका बाबुरामले अर्थमन्त्रीको सपथ लिए

विराटनगर । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १–१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको छ । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्नुभयो । उहाँसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नुभयो ।

सभामुखबाट मंगलबार राजीनामा दिनुभएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्नुभयो ।

अब विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको एक नेताले बताउनुभयो । विहान १० बजे नै शपथ ग्रहण गर्ने तयारी भए पनि काङ्ग्रेस र माओवादीभित्रको विवादले मन्त्री चयनमा ढिलाइ भएपछि बेलुका ५ बजेका लागि शपथ सारिएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस