२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीमा साढे ७ लाख सदस्य रहेको प्रचण्डको दावी, भदौदेखि ‘जनतासँग पार्टी’ अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग पार्टी’ अभियान चलाउने भएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठानिक प्रतिवेदन पेश गर्दै भदौदेखि कात्तिकसम्म तीन महिने अभियान चलाउने प्रस्ताव गर्नुभएको हो ।

अभियानमा जनताको गुनासो र सुझावलाई ल्याएर मंसिरमा पार्टी सुदृढ गर्नका लागि विधान सम्मेलन गर्ने माओवादीको तयारी छ । जनतासँग गरेको बाचाअनुसार सरकार र पार्टीले गरेको कामलाई लिएर अभियानमा हरेक नेता कार्यकर्ताले जनताको घरदैलोमा पुग्नुपर्ने प्रस्ताव प्रचण्डको छ ।

पार्टीलाई सुदृढ गर्ने, विधि सम्वत् सञ्चालन गर्नेबारे पार्टीले महत्वपूर्ण निर्णय लिने उपमहासचिव वर्षमान पुनले बताउनुभयो । ‘जनतासँग हामीले गरेका काम र अहिले बाचाअनुसार सरकारले गरेको काम लिएर जनमत सुदृढ गर्ने हामी केन्द्रित हुन्छौं । हामी जनताको जीवनसँग जोडिएको विषयमा केन्द्रित हुन्छौं । सुशासन, समृद्धि र सामाजिक न्यायको कुराहरूलाई कार्यक्रमको रूप दिएर सरकार अघि बढेको छ पार्टीले पनि साथ दिन्छ । यही कुरालाई पनि लिएर जनताकहाँ लिएर जान्छौं पुनले भन्नुभयो ।

यस्तै, बैठकमा प्रचण्डले ७ लाख ५२ हजार ९५६ कार्यकर्ताको आँकडा पेश गर्नुभयो । प्रतिवेदनमा कोशीमा ९९ हजार ६०१, मधेशमा १ लाख १६ हजार ९७५, बागमतीमा १ लाख ४७ हजार ३५३, गण्डकीमा ६६ हजार ६८७, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको उल्लेख छ । विधानसम्वत् बनाउनका लागि २२ जना महिला केन्द्रीय समितिमा थप्ने, फागुनसम्ममा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत केन्द्रीय कमिटी बैठकमा पेस छ ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस