२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश पाउनुहुँदैछ । परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नुहुनेछ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस