२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चलिरहेको बैठकबाट निस्किएर केन्द्रीय सदस्यसहित माओवादीका तीन नेता एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस