२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आजपनि घट्यो

today gold price in nepal

काठमाडौं। बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ । हिजो बुधबारपनि सुनको मूल्यमा गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदी दुवैको मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस