२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अष्ट्रेलियामा रहेका प्रेमी बिष्णुसँग ब्रेकअप भएको हो भन्ने प्रश्नमा एलिन चौहानको यस्तो छ जवाफ

काठमाडौं । गायिका एलिन चौहान पछिल्लो समय एकदमै चर्चामा छिन् । एउटा पडकास्टमा रुँदै आफूलाई धेरै पटक मर्न मन लागेको र आमाको फोटोले बचाएको भनेपछि त्यो तनावको कारण ब्रेकअप हो कि भनेर उनका फ्यानहरुले अनुमान गरेका छन् ।

आज टिकटक लाइभमा बसेका बेला धेरैले रुनुको कारण ब्रेकअप हो भनेर सोधेका थिए । उक्त प्रश्नमा एलिनाले मेरो ब्रेकअप भएको छैन, ब्रेकअप भयो भने खुशी हौं भन्नेहरु हुनुहुन्छ भनेपनि त्यो दिन आउने छैन । त्यही बेला नेपथ्यमा बोल्ने एक महिलाले रुनुको कारण आमाको माया भन्नेपनि बुझ्दैनन् ।

एउटै कुरा कति पटक भन्नुपर्ने भन्छिन् । त्यही क्रममा बिष्णु जी खै भनेर एक जनाले सोधेका हुन्छन् । उनले अष्ट्रेलियामा अहिले धेरै राति भइसकेकाले बिष्णु जी सुतिसक्नुभएको छ भन्छिन् । उनी पछिल्लो समय अष्ट्रेलियामा रहेका बिष्णु सापकोटाको प्रेममा छिन् । उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्वीकार गरिसकेका छन् ।

 

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस