२०८१ असार ६ गते बुधवार | 2024 June 19th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेसमा पनि मनसुनी वायुको प्रभाव पर्दै : भोलि पानी पर्ने सम्भावना

weather forecast nepal today

काठमाडौं । यसपालिको मनसुनमा अहिलेसम्म मधेस प्रदेशका धेरै ठाउँमा पानी परेको छैन । यसले गर्दा तराई मधेसका जिल्लामा सुक्खा छ ।

पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी पर्न सकेको छैन । तर भोलि शनिवार भने तराईरमधेसमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार तराईरमधेसका जिल्लामा बिस्तारै मनसुनी प्रणालीको प्रभाव पर्न थालेको छ । भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पहाडी जिल्लाका केही ठाउँमा भने आज शुक्रवार पनि ठूलो वर्षाको सम्भावना छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस