२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, १९७ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १ दशमलव ८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।

आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर छ । यसक्रममा आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत साताको बिहीबार परिसूचक ३ अंकले बढ्दा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको तुलनामा न्यून हो । यस्तै, आज आईएमई लाइफको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका सबै १३ वटै समूहको सूचक घटेको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस