२०८१ कार्तिक १० गते शनिवार | 2024 October 26th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

today gold price in nepal

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस