२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु

काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उहाँकी छोरीको मृत्यु भएको हो।

उहाँका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उहाँकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते हुनुभएको छ । उहाँको प्राथमिक उपचार गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस