२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालतले अनुशन्धान गर्न आदेश दिएको १० घण्टा नपुग्दै युरोप उडे माधव नेपाल

Baburam Bhattarai Madhav Kumar Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोप भ्रमणमा जानुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँ प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने भनिएको छ । संयोग यस्तो बनेको छ कि हिजो मात्र सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री एवं सबै उच्च पदाधिकारीलाई समेत अनुशन्धान गर्नु भन्ने आदेश आएको रातिबाट नै नेपालको विदेश जाने योजना बनेको छ ।

हिजो साँझ फैसला आयो आजै बिहानै उहाँ उड्नुभएको छ । उहाँ उडेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

उहाँसहित पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई समेत यो प्रकरणमा जोडिएको छ । अदालतको फैसला लगत्तै हिजो साँझ यो विषयमा छलफल गर्न भट्टराई र नेपालबीच भेटवार्ता भएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस